इंग्लिस एएफ कपको उपाधिका लागि म्यानचेस्टर डर्बी भिडन्त हुने भएको छ।
दोस्रो सेमिफाइनलमा कोभेन्ट्री सिटीमाथि पेनाल्टी सुटआउटमा ४-२ले हराउँदै म्यानचेस्टर युनाइटेडले फाइनलमा स्थान पक्का गर्यो।
यसअघि म्यानचेस्टर सिटीले चेल्सीलाई हराएर उपाधि नजिक पुगेको थियो।
आइतबार खेलमा युनाइटेडले २३ मिनेटमा म्याकटोमिनी र पहिलो हाफको इन्जुरी समयमा माग्युरको गोलबाट २-० को अग्रत लियो।
५८ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड सहज अवस्थामा देखियो।
तर कोभेन्ट्रीका लागि सिम्सले ७१ र ओहारले ७९ मिनेटमा गोल गर्दै युनाइटेडलाई दबाब दिए। इन्जुरी समयको पाँचौ मिनेटमा उसले पेनाल्टी प्राप्त गर्दा राइटले गोल गरेर खेललाई ३-३ गोलको बराबरीमा ल्याए।