साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीच दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफमा नेपालले पाएका अवसर सदुपयोग गर्न सकेन।
नेपालका लागि रश्मीकुमार घिसिङले दुई वटा अवसर पाए पनि खेर फालिन्। उनको एक प्रहारलाई भुटानी गोलकिपर संगिता मोनगेरले विफल पारेकी थिइन्।
यस्तै सविता रानामगरले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकिनन्।
यस्तै ४०औं मिनेटमा नेपालले डिबक्स भित्र गोल गर्ने अर्को अवसर पाएको थियो। डिबक्स भित्र प्राप्त तीन अवसरमा नेपाली खेलाडीहरूको भुटानी खेलाडीहरू बाधक बनेका थिए।
समूह ‘बी’ अन्तर्गत यसअघि दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो।