सिद्धार्थ पौडेलको नेतृत्वमा फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लव अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ।
संस्थापक अध्यक्ष राजमान थकालीको केही समय अघि असामयिक निधनसँगै रिक्त रहेको रहेको अध्यक्षमा सहारा क्लब पोखराका पूर्व सदस्यसमेत रहेका पौडेल चयन भएका हुन्।
चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली छन्। यस्तै सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्षमा कल्याण खड्का र सहकोषाध्यक्षमा गौरव बराल चयन भए।
कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन्। प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए।
यस्तै तास्मानियाको संयोजकमा ज्ञानेन्द्र गौतम, पर्थमा सुवास श्रेष्ठ, भिक्टोरीयामा सज्जन शर्मा,क्विन्सल्याण्डमा रोमन शाही छानिए।
नवनिर्वाचित अध्यक्ष पौडेलले सिड्नी केन्द्रित क्लवलाई अष्ट्रेलियाभर विस्तार गर्ने प्रतिवद्धता जनाए।
उनले अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउनेसमेत वाचा गरे।
सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्ट्रेलिया एक हो। सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ।
फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ।
आगामी संस्करणको आहा रारा गोल्डकपमा अष्ट्रेलियाबाट टिम सहभागी हुने तयारीसमेत रहेको क्लवका कोषाध्यक्ष कल्याण खड्काले सेतोपाटीलाई जानकारी दिए।