सेभियामाथि बार्सिलोनाले सानदार जित निकालेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोलको जित निकालेको हो।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले दुई/दुई तथा पेड्रीले १ गोल गरे।
लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए।
२८ औं मिनेटमा पेड्रीले अग्रता दोब्बर पारे। ३९ मिनेटमा फेरि लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० गोलले अग्रता लिएको थियो।
दोस्रो हाफको ८२ र ८८ मिनेटमा पाब्लो टोरेले गोल गरे।
८७ मिनेटमा सेभियाका स्टानिस इडुम्बोले गोल गरेका थिए।
बार्सिलोना १० खेलबाट २७ अंक जोडेर शीर्ष स्थानमा छ। पराजित भएको सेभिया १२ अंक जोडेर १३ औं स्थानमा छ।