लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।
गए राति चेल्सीलाई हराउँदै लिभरपुर प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
एन्फिल्डमा चेल्सीलाई २-१ गोलले पराजित गर्दा मोहम्मद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे।
२९ मिनेटममा लिभरपुलले पाएको पेनाल्टीलाई सालाहले सदूपयोग गरे।
दोस्रो हाफको ४८ मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले गोल गर्दा खेल बराबरीमा पुगेको थियो।
५१ मिनेटमा कर्टिस जोन्सले गरेको गोल निर्णायक बन्दा लिभरपुल जारी सिजनमा सातौं जित निकालेको हो।
शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। पराजित भएको चेल्सी १४ अंकसहित छैटौं स्थानमा छ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० अंक छ।
सिटीले गएराति नै वुल्भ्सलाई २-१ गोलले पराजित गरेको थियो।
आर्सनल १७ अंक जोडेर तेस्रो स्थानमा छ। समान अंकसहित एस्टन भिल्ला चौथो स्थानमा छ।