नेपालको पुरुष राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तान र अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने पक्का भएको छ।
फिफा विन्डोमा हुने दुवै खेल ताजिकिस्तानमा हुनेछन्।
नेपालले कात्तिक २८ मा ताजिकिस्तान र मंसिर १ मा अफगानिस्तानसँग खेल्नेछ।
यसअघि राष्ट्रिय पुरुष टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाएका थिए।
न्यौपाने सोमबार पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
प्रारम्भिक टोली:
गोलकिपरः किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान
डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रन्दिप पौडेल, एन्जल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा
मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणी लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई
फरवार्डः जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी