एसियाली फुटबल महासंघ (एएफसी) ले गत वर्ष उत्कृष्ट योगदान दिएका एसियाका फुटबलकर्मी र संघलाई अवार्ड दिएको छ।
एएफसीले मंगलबार १६ विधामा अवार्ड दिएको हो। दक्षिण कोरियाको सोलमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले पनि एउटा विधाको अवार्ड पायो। एन्फाले वर्षको सदस्य विधामा तेस्रो श्रेणीको गोल्ड अवार्ड पाएको हो। यसमा जापानले प्लेटिनम र थाइल्यान्डले डाइमन्ड अवार्ड पाए।
एन्फाले फिफा र एएफसीको विधानअनुसार फुटबल विकासमा काम गरेको भन्दै अवार्ड पाएको बताइएको छ।
एएफसी वार्षिक अवार्ड २०२३ :-
एसियाको एएफसी डायमण्ड
जियानी इन्फान्टिनो (फिफा अध्यक्ष)
एएफसी एसियन कप होस्ट पुरस्कार
कतार फुटबल संघ
उत्कृष्ट योगदानको लागि एएफसी अध्यक्षको पुरस्कार
साउदी अरब फुटबल महासंघ
वर्षको एएफसी सदस्य संघ
प्लेटिनम: जापान फुटबल संघ
डाइमन्ड: थाइल्याण्ड फुटबल संघ
गोल्ड: अखिल नेपाल फुटबल संघ
रुबी: लाओस फुटबल महासंघ
वर्षको एएफसी क्षेत्रीय संघ
मध्य एशियाली फुटबल संघ
ग्रासरुट्स फुटबलका पुरस्कार
स्वर्ण: फुटबल अस्ट्रेलिया
रजत: अखिल भारतीय फुटबल महासंघ
कास्य: भियतनाम फुटबल महासंघ
एएफसी कोच अफ द इयर (महिला)
पार्क युन-जेओङ (दक्षिण कोरिया)
एएफसी कोच अफ द इयर (पुरुष)
गो ओइवा (जापान)
एएफसी फुटसल वर्ष खेलाडी
सईद अहमद अब्बासी (इरान)
एएफसी महिला वर्ष खेलाडी
किको सेइके (जापान)
एएफसी वर्ष खेलाडी
अकरम अफिफ (अल साद एससी र कतार)
एएफसी एसियाली अन्तर्राष्ट्रिय वर्ष खेलाडी (महिला)
एली कारपेन्टर (ओलम्पिक लियोनाइस र अस्ट्रेलिया)
एएफसी एसियाली अन्तर्राष्ट्रिय वर्ष खेलाडी (पुरुष)
सन हेउन मिन (टोटेनहम र दक्षिण कोरिया)
एएफसी वर्षको युवा खेलाडी (महिला)
चाइ उन योङ (उत्तर कोरिया)
एएफसी वर्षको युवा खेलाडी (पुरुष)
अबोस्बेक फेयजुलाइभ (उज्वेकिस्तान)
एएफसी रेफ्री विशेष पुरस्कार
युइची हतानो (जापान)
अब्दुल्लाह अल सालेही (ओमान)
इब्राहिम युसुफ अल राइसी (युएई)