अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत म्यानमार विरूद्धको फाइनल भिडन्तमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ।
दशरथ रंगशालामा आज साँझ ६ बजे हुने खेलमा फरवार्ड रश्मी कुमारी घिसिङको स्थानमा रेखा पौडेलले खेल्ने भएकी छिन्।
त्यस्तै अघिल्लो खेल खेलेकी गोलकिपर अन्जना राना मगरको स्थानमा नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले खेल्ने भएकी छिन्।
नेपाली टोली
गोलकिपर - एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पूजा राना, गीता राना, बिमला बिक, समीक्षा घिमिरे
मिडफिल्डर- प्रीति राई, सरु लिम्बू, रेनुका नगरकोटी
फरवार्ड - सावित्रा भण्डारी साम्बा, सविता राना मगर, रेखा पौडेल।