एनसेल नेपाल सुपर लिग (एनएसएल) का लागि सात टोलीले ड्राफ्टबाट सी श्रेणीका चार-चार खेलाडी छनोट गरेका छन्।
चार राउन्डको अर्डर लिस्टबाट सात टोलीले सी श्रेणीका खेलाडी घनोट गरहेका छन्।
ड्राफ्टको पहिलो राउन्डमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठ, धनगढी एफसीले अमृत श्रेष्ठ, चितवनले विवेक गुरुङ, झापा एफसीले सृजन दानी, काठमाडौं रेजर्स एफसीले भरत चौधरी, ललितपुर सिटी एफसीले मनोज राई र पोखरा थन्डर्स एफसीले नरेन चौधरीलाई आफ्नो टोलीमा भित्र्याए।
दोस्रो राउन्डमा बुटवल लुम्बिनीले निङसाङ लिम्बू, धनगढीले रोहन खड्गीएफसी, चितवनले शिशिर चौधरी, झापाले एरोन थापा, काठमाडौंले मौसम लुंगेली मगर, ललितपुरले पवन शाही र पोखरा थन्डर्सले गौरव श्रेष्ठलाई छनोट गरे।
तेस्रो राउन्डमा बुटवल लुम्बिनीले खेमराज श्रेष्ठ, धनगढीले हरिशराज बटिट्टा, चितवनले विशाल स्याङ्तान, झापालेले श्याम मुर्मु, काठमाडौंले पुस्कर खड्का,ललितपुरले दिपेश घले र पोखराले सकल रेग्मीलाई आबद्ध गरे।
चौथो राउन्डमा बुटवलले मनिष सेडाई, धनगढीले सन्तोष महत,चितवनले प्रदीप भण्डारी, झापाले अभिषेक गुरुङ, काठमाडौंले पेम्बा दोर्जे लामा, ललितपुरले अनिश क्षेत्री र पोखराले प्रविणकुमार सुनारलाई टोलीमा लिए।
यस छनोटसँगै सबै सात एनसेल एनएसएल टोलीले अब आफ्नो सी-श्रेणी रोस्टरहरू पूरा गरेका छन्।
सिजनको एनएसएल चैत तेस्रो सातादेखि सुरू हुँदैछ।