नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबलको फाइनल समीकरण पूरा भएको छ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबले प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
रमपम विराट गोल्डकपको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएउँदै फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको हो।
पुलिसलाई चर्च ब्वाइजले १–० गोलले हराएको हो।
लाक्पा पाख्रिनले निर्णायक गोल गरेर चर्च ब्वाइजलाई फाइनल पुर्याएका थिए।
चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारको सामना गर्नेछ। थ्रीस्टारले आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा स्थान पक्का गरेको थियो।
चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ।
३० माघमा पोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो।
विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।