फिफा क्लब विश्वकप २०२५ को समूह चरणका खेलमा मंगलबार राति चार खेल भएका छन्।
जसमा समूह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमन्ड र ब्राजिलको फ्लुमिनन्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
मेटलाइफ स्टेडियममा भएको खेलमा दुवै टोलीले रक्षात्मक प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकियो।
यता अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डायमन्ड्सलाई ३-१ गोलले हराएको थियो। सिएटलको लुमेन फिल्डमा भएको समूह ‘ई’ को खेलमा जित निकालेसँगै रिभर प्लेटले तीन अंक जोड्यो।
समूह ‘एफ’ अन्तर्गत ओरलान्डोको इन्टरएन्डको स्टेडियमा भएको खेलमा दक्षिण अफ्रिकाको मामेलोदी सन्डाउन्सले दक्षिण कोरियाको उल्सान हुन्डाईलाई १-० ले पराजित गर्यो।
इटलीको इन्टर मिलान बराबरीमा रोकियो। समूह ‘ई’ को खेलमा मेक्सिकोको मोन्टेरे र इटालीको इन्टर मिलानबीचको खेल १-१ को बराबरीमा सकिएको हो।