अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि बंगलादेश जान लागेको यू-२० महिला राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको छ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो।
साफ यू-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भुटान र श्रीलंकाले सहभागिता जनाउनेछन्।
नेपाली टोली
• गोलकिपर: लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
• डिफेन्डर: सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
• मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, विर्सना चौधरी (कप्तान), सेनु परियार
• फरवार्ड: कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समिक्षा मगर
अफिसियलहरू
• यम प्रसाद गुरुङ (मुख्य प्रशिक्षक)
• इन्दु दुवाल (टिम व्यवस्थापक)
• सन्देश कुमार श्रेष्ठ (सहायक प्रशिक्षक)
• किरण कुमार कार्की (सहायक प्रशिक्षक)
• मीन बहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक)
• विशाल कोजु श्रेष्ठ (अफिसियल)
• पूर्णिमा घिसिङ (फिजियोथेरापिस्ट)
• सरोज श्रेष्ठ (मिडिया अफिसर)
• नमिता दाहाल (मिडिया)
• लक्ष्मी शाक्य (मिडिया)