इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ।
पहिलो सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो।
अमेरिकाको न्युजर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा चेल्सी २-० गोलले विजयी भयो।
चेल्सीको जितमा दुबै गोल जोआओ पेड्रोले गरे। ब्राजिलियन फरवार्ड पेड्रोले खेलको १८ र ५६ मिनेटमा गोल गरेका थिए।
अब उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पिएसजी मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
पिएसजी र रियलबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ।