सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ।
टोलीमा साफ यू-२० खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ। डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङताङ टोलीमा परेकी छन्।
छनोटको समूहमा नेपालसहित आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया छन्। समूहमा रहेको मंगलियाले भने नाम फिर्ता लिएको थियो।
छनोट प्रतियोगिता ६ अगस्टदेखि भुटानमा सुरु हुनेछ। नेपालले पहिलो खेलमा ६ अगस्टमै आयोजक भुटानसँग खेल्नेछ।
त्यसपछि ८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा हुनेछ।
समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्। च्याम्पियनसिप सन् २०२६ को अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुनेछ।
गोलकिपर
लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्ड
सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पाण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर
कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्ड
कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, बर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर
मुख्य प्रशिक्षक : यमप्रसाद गुरुङ