सन् २०२६ मा साउदी अरेबियामा हुने एएफसी यू-१७ एसियन कपको छनोटको ‘ड्र’ सार्वजनिक गरिएको छ।
यसअघि नै ९ टोली प्रतियोगिताका लागि छनोट हुँदा अब छनोटबाट सात टोली छानिनेछन्।
आज सार्वजनिक गरिएको ‘ड्र’ को सात समूहका विजेता छनोट हुनेछ।
३८ टोलीलाई सात समूहमा विभाजन गर्दा नेपाल समूह ‘जी’ मा परेको छ।
नेपालको समूहमा आयोजक म्यानमारसहित अफगानिस्तान, सिरिया र ओमान छन्।
छनोट प्रतियोगिता २२ देखि ३० नोभेम्बरमा हुनेछ।