बंगलादेशको शीर्ष डिभिजनको फुटबल लिग बंगलादेश प्रिमियर लिग सेप्टेम्बरदेखि सुरू हुँदैछ। यो सिजन बंगलादेशको लिगमा दश क्लबले भाग लिँदैछन्।
एक क्लबमा पाँच जना विदेशी खेलाडी आबद्ध गर्न सक्ने प्रावधान छ। साफ क्षेत्रका खेलाडीलाई भने स्थानीय खेलाडीको कोटामा राख्ने नयाँ प्रावधान छ।
नयाँ नियमको फाइदा नेपालका खेलाडीले पनि लिन सक्ने देखिएको छ।
यो सिजन नेपालका तीन खेलाडीले अनुबन्ध गर्ने भएका छन्। कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूसहित विंगर आयुष घलान र डिफेन्डर अभिषेक लिम्बूले सम्झौता गर्ने बताइएको छ।
किरण र आयुषले बंगलादेश पुलिस क्लबका लागि सम्झौता गर्नेछन्। अरु चार जना साफ क्षेत्रबाहिरका खेलाडी रहेको पुलिसमा एक जना खेलाडी भुटानका समेत हुनेछन्।
नेपालका किरण र आयुषसहित भुटानका ओर्गेन छिरिङ साफ खेलाडी भएका कारण स्थानीय कोटामा हुनेछन्।
अभिषेक लिम्बूले रहमतगन्ज एमएफएसबाट खेल्नका लागि सम्झौता गर्नेछन्।