स्पेनिस लालिगामा रियल मड्रिडले विजयी सुरूवात गरेको छ।
गएराति भएको खेलमा ओसासुनालाई १-० गोलले पराजित गर्दै रियलले विजयी सुरूवात गरेको हो।
सान्टियागो बर्नाबेउमा भएको खेलमा केलियन एम्बाप्पेले निर्णायक गोल गरे।
उनले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
गएराति नै भएको इल्चे र रियल बेटिसले १-१ को बराबरी खेले।