इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि टोटेनहमले जित निकालेको छ।
शनिबार सिटीको मैदानमा भएको खेलमा टोटेनहम २-० गोलले विजयी भएको हो।
टोटेनहमको जितमा जोनसनले खेलको ३५ मिनेटमा पहिलो गोल गरे। उनले रिचार्लीसनले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी समयमा टोटेनहमले अग्रता दोब्बर पारेको थियो। उसका लागि जोआओ पल्हिन्हाले गोल गर्न सफल भए।
टोटेनहमले लगातार दोस्रो जित निकालेको हो। सिटीले पहिलो खेलमा जित निकाल्दा दोस्रो खेलमा भने टोटेनहमसँग पराजय भोगेको हो।