अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको छ। 
एन्फाले बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि हरि खड्कालाई प्रशिक्षक तोकेको हो। 
यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका  थिए। एसियन कप छनोटमा नेपालले लगातार चार हारसँगै बाहिएसँगै उनले पद त्यागेका थिए।
राष्ट्रिय टोलीका पूर्वकप्तान तथा फरवार्ड खड्काले अब आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोली सम्हाल्नेछन्। 
बंगलादेशमा हुने उक्त खेल साँझ पौने आठ वजे सुरू हुनेछ। यसअघि अफगानिस्तानसँग बंगलादेशले खेल्ने तय भएको थियो। तर अफगानिस्तानसँगको खेल रद्द भएसँगै बंगलादेशले नेपाललाई बोलाएको हो।
नेपालले बंगलादेशसँग खेलेको एक सातापछि मलेसियासँग अर्को खेल खेल्नेछ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्नेछ।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो।
मलेसिया र लाओससँग एक एक खेल  भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।