सन् २०१८ को फिफा विश्व कप रसियाको सेमिफाइनल र युरो २०२० को फाइनलको यात्रा गरेको इंग्ल्यान्ड फिफा विश्वकप २०२२ मा उत्कृष्ट सुरुवात गर्न चाहान्छ।
जसमा इंग्ल्यान्ड आज साँझ एसियाको उत्कृष्ट टिम इरानसँग खेल्दैछ।
मिति र समय
सोमबार २१ नोभेम्बर, साँझ ६:४५ बजे
स्थान
खलिफा अन्तर्राष्ट्रिय रंगशाला, दोहा
प्रत्यक्ष प्रशारण
हिमालय टेलिभिजन
टिम समाचार
इंग्ल्यान्डका डिफेन्डर काइल वाकर र मिडफिल्डर काल्भिन फिलिप्स हालसालै चोटबाट निको भए पनि खेल्नेमा शंका छ। यस्तै इरानका स्ट्राइकर सरदार अजमोनले अक्टोबरमा चोट बोकेपछि खेलेका छैनन्।
प्लेइङ ११
इंग्ल्याण्ड (सम्भावित): जोर्डन पिकफोर्ड; जोन स्टोन्स, एरिक डायर, ह्यारी मग्वायर; केइरन ट्रिपियर, डेक्लान राइस, बेलिङघम, लुक शा, बुकायो साका, ह्यारी केन, रहिम स्टर्लिङ
इरान (सम्भावित) अलीरेजा बेइरानभान्ड; सदेग मोहरमी, हुसेन कानानिजादेगन, माजिद होसेनी, एहसान हजसाफी; अहमद नौरोल्लाही, सईद इजातोलाही, ओमिद इब्राहिमी; अलिरेजा जहाँबख्श, करीम अन्सारिफार्द, मेहदी तारेमी
हेड टु हेड
अन्तर्राष्ट्रिय प्रतियोगितामा दुवै पक्षको यो पहिलो भेट हुनेछ ।
खेल तथ्य
- इरानले अर्जेन्टिनामा १९७८ मा डेब्यू गरेपछि छैटौं विश्वकप खेल्दै छ भने यो लगातार तेस्रो विश्वकप हो।
- इंग्ल्यान्डले कतारका लागि छनोट हुने अभियानमा अपराजित रह्यो भने विश्वकप छनोटको एउटै अभियानमा उनको कुल ३९ गोल सबैभन्दा धेरै हो।