फिफा विश्वकप २०२२ मा स्पेनले सानदार जित दर्ता गराएको छ।
समूह ‘ई’ को खेलमा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले पराजित गर्यो।
स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे। खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लियो।
मार्को अलन्सोले २१ मिनेटमा अग्रता दोब्बर पारे।
टोरेशले ३१ मिनेटमा पेनाल्टी र ५४ मिनेटमा गरी दुई गोल गरे।
७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरे।