फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण कोरिया र उरूग्वेबीचको खेल पनि बराबरीमा सकिएको छ।
जारी विश्वकपमा पहिलो चरणमा यो पाँचौ बराबरी भएको खेल हो।
समूह ‘एच’ को खेलमा कोरिया र उरूग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा उरुग्वेले बढि बल नियन्त्रणमा लिएको थियो।
उरुग्वेले १० पटक गोलका लागि प्रहार गर्दा कोरियाल ६ पटक प्रहार गरेको थियो। तर दुवै टिमको प्रहार अनटार्गेट भने थिएनन्।
जारी प्रतियोगितामा यसअघि अमेरिका र वेल्सले एक एक गोलको बराबरी खेल्दा डेनमार्क र ट्युनिसिया, मेक्सिको र पोल्यान्ड तथा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका थिए।