फिफा विश्वकप २०२२ को समूह चरणमा घानाविरुद्ध गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाए। लगातार पाँच विश्वकप खेलेर पाँचै संस्करणमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन्।
फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डो
संस्करण : ५ (२००६, २०१०, २०१४, २०१८ र २०२२)
खेल : १८
गोल: ७
जर्मनी २००६
खेल : ६
गोल : १
इरानविरुद्ध समूह चरणमा गोल गरेका रोनाल्डो २००६ मा पोर्चुगल अन्तिम चारमा पुग्दा केही रोमाञ्चक र प्रभावशाली प्रदर्शन प्रदान गरेका थिए। पोर्चुगल त्यतिबेला तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग पराजित भयो।
दक्षिण अफ्रिका २०१०
खेल : ४
गोल : १
त्यतिबेला रोनाल्डोले पोर्चुगलका लागि गोल नगरेको दुई वर्ष भइसकेको थियो। उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए। पोर्चुगल अन्तिम १६ भने स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो।
ब्राजिल २०१४
खेल : ३
गोल : १
२०१४ को विश्वकप रोनाल्डोका लागि बिर्सनलायक बन्यो। पोर्चुगल समूह चरणबाटै बाहिरियो भने घुँडाको चोटले रोनाल्डोको प्रदर्शनलाई असर गरेको थियो। प्रदर्शनलाई रोकेको थियो।
जर्मनीसँग ४-० को हार वा अमेरिकासँगको २-२ को बराबरीमा महत्त्वपूर्ण प्रभाव पार्न नसक्दा टिमले फिक्का खेल्यो। अन्ततः घानाविरुद्ध रोनाल्डोले गोल गर्दा टिमले जित निकाल्यो।
रसिया २०१८
खेल : ४
गोल : ४
३३ वर्षको उमेरमा आफ्नो चौथो विश्वकप खेलेका रोनाल्डोले समूह चरणमा उत्कृष्ट खेलि देखाए।
स्पेन विरुद्धको पहिलो खेलमा रोनाल्डोले ह्याट्रिक गरे। उनी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाखा खेलाडी बनेका थिए। उनले मोरक्कोविरुद्ध पनि गोल गरेका थिए। अन्तिम १६ मा पुगेको पोर्चुगललाई उरुग्वेले २-१ ले हराएको थियो।
कतार २०२२
अहिलेसम्म खेल : १
अहिलेसम्म गोल : १
घानाविरुद्ध पोर्चुगलले ३-२ गोलको जित हात पार्दा रोनाल्डोले टिमका लागि पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए। जससँगै रोनाल्डोले पाँच विश्वकपमा लगातार गोल गर्ने कीर्तिमान बनाए। २००६ देखि २०२२ सम्ममा उनले १८ खेल खेल्दा ७ गोल गरे। ती सबै गोल समूह चरणमा भएका थिए।