फिफा विश्वकप २०२२ मा इरानले पहिलो जित हात पारेको छ।
शुक्रबार भएको समूह 'बी' को खेलमा इरानले १० खेलाडीमा सीमित वेल्समाथि २-० गोलको जित निकाल्यो।
इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गर्यो।
इन्जुरी समयको आठौं मिनेटमा चेस्मीले पहिलो गोल गरे। दुई मिनेट पछि रामिनले अग्रता दोब्बर पारे।
त्यसअघि ८६ मिनेटमा वेल्सका गोलकिपरले इरानका खेलाडीलाई डिबक्स बाहिर फल गरेपछि रातो कार्ड पाएका थिए। त्यसअघि इरानले वेल्सलाई लगातार दबाबमा राखेको थियोे।
यसअघि इरानलाई इंग्ल्यान्डले ६-२ गोलले हराउदा वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो।