फिफा विश्वकप २०२२ मा नेदरल्यान्ड्स र इक्वेइडले बराबरी खेल्दैअंक बाँडेका छन्।
समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले पहिले अग्रता लियो। उसका लगि गाप्कोले छैटौं मिनेटमा गोल गरेका थिए।
इक्वेइडरले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा बराबरी गोल फर्कायो। उसका इनर भ्यालेन्सियाले गोल गरेका थिए।
उनले जारी विश्वकपमा तेस्रो गोल गरेका थिए।
बराबरीसँगै समूहमा दुवै टिमले चार चार अंक जोडेका छन्।
तेस्रो स्थानको सेनेगलको तीन अंक छ। यता लगातार दुई खेलमा पराजित आयोजक कतार भने अन्तिम खेलअघि नै बाहिरियो।