फिफा विश्वकप २०२२ मा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ।
शनिबार भएको समूह 'डी' को खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १-० गोलको जित निकाल्यो। अस्ट्रेलियाले १९७४ पछि विश्वकपमा पहिलो पटक क्लिनसिट राखेको हो।
अस्ट्रेलियाको जितमा ड्युकले गरेको गोल निर्णायक सावित भयो। उनलेे खेलको २३ मिनेटमा गोल गरेका थिए।
जितसँगै अस्ट्रेलियाले समूहमा ३ अंक जोडेको छ भने अन्तिम १६ मा पुग्ने सम्भावना जीवित बनाएको छ।
यसअघि अस्ट्रेलियाले फ्रान्ससँग ४-१ गोलको हार बेहोर्नुपरेको थियोे। ट्युनिसियाले भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियोे।