फिफा विश्वकप २०२२ मा आज समूह ‘ई’ र ‘एफ’ का दोस्रो चरणका खेल हुँदैछन्।
पहिलो खेलमा समूह ‘ई’ मा जापान र कोस्टारिका भिड्दैछन्। पहिलो खेलमा जापानले जर्मनीमाथि जित निकालेको थियो भने कोस्टारियकाले स्पेनसँग हार बेहोरेको थियो।
जसका कारण जापान लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्ने योजनामा छ भने कोस्टारिका जित निकालेर अन्तिम १६ को सम्भावना जीवित बनाउन चाहान्छ।
यो समूहको अर्को बहुप्रतिक्षित खेलमा स्पेन र जर्मनी मध्यराति भिड्दैछन्।
पहिलो खेलमा सहज जित निकालेको स्पेन सजिलो अवस्थामा छ भने पहिलो खेलमा हार बेहोरेको जर्मनीमाथि दबाब छ।
स्पेन र जर्मनी भिड्नुअघि समूह ‘एफ’ मोरक्को र बेल्जियमबीच खेल हुँदैछ।
पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग बराबरी खेलेको थियो। बेल्जियमले भने क्यानडलाई हराएको थियो।
जसका कारण बेल्जियम लगातार दोस्रो जित निकाल्न चाहान्छ।
समूहको अर्को खेलमा क्यानडा र क्रोएसिया भिड्दैछन्। पहिलो खेलमा हारेको क्यानडा र बराबरीमा रोकिएको क्रोएसिया दुवैलाई आजको खेल महत्वपूर्ण छ।
आजका खेल
जापान भर्सेस कोस्टारिका – दिउँसो ३:४५ बजे
बेल्जियम भर्सेस मोरक्को - साँझ ६:४५ बजे
क्रोएसिया भर्सेस क्यानडा – राति ९:४५ बजे
स्पेन भर्सेस जर्मनी – राति १२:४५ बजे