फिफा विश्वकप २०२२ मा आज समूह ‘ए’ र ‘बी’ का अन्तिम तथा निर्णायक खेल हुँदैछन्।
समूह ‘ए’ मा नेदरल्यान्ड्स र इक्वेइडरको समान ४-४ अंक छ। सेनेगल ३ अंकसहित तेस्रो स्थानमा छ।अंकबिहीन आयोजक कतार बाहिरिसकेको छ।
आज इक्वेइडर र सेनेगल तथा नेदरल्यान्ड्स र कतार भिड्नेछन्।
समूह ‘बी’ मा शीर्ष स्थानको इंग्ल्यान्डको ४ अंक छ। इरान ३ अंकसहित दोस्रो र अमेरिका २ अंक जोडेर तेस्रो स्थानमा छन्। वेल्स १ अंकसहित पुछारमा छ।
आज इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्ड भिड्नेछन्।
अन्तिम १६ मा पुग्न कुन टिमलाई कस्तो नतिजा चाहिन्छ?
समूह ए
• नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुग्न जित वा बराबरी खेल्नु पर्नेछ। इक्वेडरले सेनेगललाई हरायो भने पनि नेदरल्यान्ड्स अन्तिम १६ मा पुग्न सक्छ।
• इक्वेडरले अन्तिम १६ मा छनोट हुन जित्न वा बराबरी गर्नुपर्नेछ। कतारले नेदरल्यान्ड्सलाई हराएमा हारेको अवस्थामा इक्वेइडरको पनि सम्भावना हुन्छ।
• सेनेगलले अन्तिम १६ मा पुग्न जित्नैपर्छ। तर यदि सेनेगलले बराबरी गरे र कतारले नेदरल्यान्ड्सलाई हरायो भने पनि सेनेगल प्रतिस्पर्धामा रहनेछ।
• कतार बाहिरिएको छ।
समूह बी
• इंग्ल्यान्ड जित वा बराबरीले अन्तिम १६ मा छनोट हुनेछ। गोल भिन्नताको आधारमा इंग्ल्यान्ड पराजयमा पनि अन्तिम १६ मा पुग्न सक्छ।
• वेल्सलाई अन्तिम १६ मा पुग्न जित निकाल्नु पर्छ।
• इरानले अमेरिकालाई हराएमा अन्तिम १६ मा स्थान बनाउनेछ।
• वेल्सले इङ्ल्यान्डलाई नहराएको अवस्थामा इरानीलाई बराबरीले पनि अन्तिम १६ मा स्थान दिलाउन सक्छ। (यस अवस्थामा गोल भिन्नताले समिकरण तय गर्ने)।
• अमेरिक को लागि अन्तिम १६ मा पुग्न जित चाहिन्छ। हार वा बराबरीले अमेरिका बाहिरिनेछ।
आजका खेल
समूह ‘ए’
इक्वेइडर भर्सेस सेनेगल – राति ८:४५ बजे
नेदरल्यान्ड्स भर्सेस कतार – राति ८:४५ बजे
समूह ‘बी’
इरान भर्सेस अमेरिका - राति १२:४५ बजे
वेल्स भर्सेस इंग्ल्यान्ड - राति १२:४५ बजे