पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं अधिवेशनमा अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
थापाले पोखरामा पत्रकार सम्मेलन गरी आगामी चैत १४ गते हुने अधिवेशनमा आफू उम्मेदवार रहेको जानकारी दिएका हुन्। उनले आफू अध्यक्ष भएपछि समग्र नेपाली फुटबल विकासको लागि लागीपर्ने बताए।
थापाले युथ एकेडेमीसँगै सात वटै प्रदेशमा फुटबल एकेडेमी राख्ने योजना बनाएको पनि बताए। उनले भने, ‘भौतिक पूर्वाधारको रूपमा आएको रकमले प्रदेश–प्रदेशमा रंगशाला निर्माण गर्न पहल गर्नेछु र तीन वर्षदेखि सञ्चालनमा नआएको लिग खेललाई प्राथमिकता दिनेछु।
एन्फाको अध्यक्ष पदकाे निर्वाचनको लागि कूल ७७ जना प्रतिनिधि रहने प्रावधान रहेको छ। त्यसमा ३९ भोट ल्याउनुपर्ने हुन्छ।