कैलालीको धनगढीमा खेलाडी तथा बीस वर्षसम्म सेवा अवधि गर्ने कर्मचारीलाई सम्मान गरिँदै छ।
मंगलबार धनगढीको कर्भडहलमा कैलाली खेलकुद समिति र सुदूरपश्चिम कराते महासंघको संयुक्त आयोजनामा खेलाडी सम्मान स्पोर्टस् कार्यक्रम गरिने भएको हो।
भर्खरै चीनमा भएको एसियाली खेलकुदमा महिला कुमिते ६८ केजी तौल समूहमा नेपालीकी एरिका गुरूङले रजत पदक जितेकी थिइन।
उनको यो २५ वर्षपछि एसियाली खेलकुदमा व्यक्तिगत प्रधिस्पर्धामा नेपालले जितेको यो तेस्रो रजत पदक हो। यो नै १९ औं एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र रजत पदक हो। उक्त रजत पदक जित्ने ऐतिहासिक खेलाडी गुरूङलाई पनि यस कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएको छ।
यस्तै धनगढीमा कराते खेलेका खेलाडी जनक खड्कालाई पनि दुई लाख रूपैयाँसहित सम्मान गरिने छ।
भुटानमा आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा सुदूरपश्चिमबाट राष्ट्रिय टिममा पर्न सफल भएका ६ जना खेलाडीलाई १ लाख रुपैयाँसहित सम्मान गर्ने र सोही प्रतियोगितामा पदक जित्ने खेलाडीको पनि सम्मान हुँदैछ।
यस्तै यस कार्यक्रममा कैलाली खेलकुद समिति र सुदूपश्चिम प्रदेशमा भर बीस वर्ष सेवा अवधि गरेका भएका कर्मचारारीलाई सम्मान गर्ने अन्तराष्ट्रिय रेफ्री प्रकाश चन्दले जानकारी दिए।
‘यो कार्यक्रमले खेल खेलेर पनि सम्मान पाइन्छ भन्ने सन्देश दिनेछ, सरकार खेलाडीको साथमा छ भन्ने मेसेज पनि जान्छ,’ उनले भने