लमजुङ राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे जन्मस्थान हाे। उनी अाफ्नाे काव्यहरूमा जन्मस्थानकाे साैन्दर्य वर्णन गरिरहन्छन्। यही लमजुङस्थित कृषि क्याम्पसको सभाहलमा कवि नवराज पराजुलीले शुक्रबार अाफ्नाे एकल कविता कन्सर्ट सम्पन्न गरेका छन्।
बाँसुरी वादक सम्यक महर्जनको सांगितिक धुनमा कवि पराजुलीले आधा दर्जन कविता वाचन गरेका थिए। अाफ्नाे चर्चित कविता 'सगरमाथाको गहिराइ' बाट कार्यक्रम उद्घाटन गरेका कविले 'खोया', 'च्याउ', 'मोक्ष', 'हेब्बी बड्डे' लगायतका कविता सुनाएका थिए।
कविता वाचन गर्दासम्म शान्त र भावुक बसेको हल कविता समापन पश्चात् तालिको आवाजले एकाेहाेराे गुन्जिएपछि स्वयं कवि पराजुली नै भावुक बने। कार्यक्रम संयाेजक नवराज ढकालका अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे गृहजिल्लामा अाएर युवाकवि नवराज पराजुलीले काव्यात्मक माहाैल पुनः बिउँताएका छन्। उनले थपे, ' समय परिस्थिति अनुसार हरेक कुराकाे शैली फेरिन्छ, यसैले नवराजकाे कविताकाे शैली पृथक भएपनि त्यसमा काव्यकाे माधुर्य उत्तिकै रहेकाे छ।'
'स्पन्दन साहित्यिक समाज' तथा 'रिडर्स क्लब', सुन्दरबजारले आयोजना गरेकाे कार्यक्रममा कवि पराजुलीलाई सुन्न धेरै युवा विद्यार्थीहरू एवं साहित्य पारखीहरूकाे उपस्थिति रहेकाे थियाे।