काठमाडौंको जोरपाटीस्थित बोधिसत्व इन एक्सन (बिआइए)मा बुद्ध धर्मसम्बन्धी विभिन्न कलाहरू प्रदर्शनी भैरहेको छ। बोधिसत्व इन एक्सनमा आश्रित फरक क्षमता भएका व्यक्तिहरूले बनाएका थान्का मूर्ति लगायतका विभिन्न कला प्रर्दशनीमा राखिएको छ।
फरक क्षमता भएका मानिसको व्यक्तित्व विकासमा योगदान गर्दै आएको यो संस्थाले लामो समयको तालिमपश्चात निखारिएका कलाकारहरूले निर्माण गरेको विभिन्न कला बजार प्रवर्द्वनसँगै उनीहरूको प्रचारको लागि प्रदर्शनी आयोजना गरेको बताएको छ।
बुधबारसम्म चल्ने यो प्रदर्शनीमा ६० जना फरक क्षमता भएका कलाकारहरूले निर्माण गरेको ३१ वटा थान्का र ३२ ओटा मूर्तिहरू प्रदर्शनमा राखेको छ।