सौन्दर्य प्रतियोगिता 'मिस भिवा–२०२५' को ग्रान्ड फिनाले बुधबार हुँदैछ।
यस वर्षको विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रूपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिनेछ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त आधिकारिक क्राउन सार्वजनिक गरिएको थियो। आयोजक संस्था उमंग क्रिएसनले प्रतियोगिताका १६ जना फाइनलिस्टहरूलाई मिडियामाझ प्रस्तुत समेत गरेको थियो। यो प्रतियोगिताको छैटौं संस्करण हो।
सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’ मा प्रतिनिधित्व गराउँदै आइएकोमा त्यसपछि ‘मिस ग्रान्ड’ मा पठाउने व्यवस्था मिलाइएको छ। उमंग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार प्रतियोगिता विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
त्यस्तै, फस्र्ट रनर–अपदेखि चौथो रनर–अपसम्मका सहभागीहरूलाई पनि विभिन्न पुरस्कारहरू प्राप्त गर्नेछन्।
यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
संस्थापक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।