नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सञ्चालन गरेको छ।
प्रदर्शनी प्रतिष्ठान परिसर र नेपाल कला परिषदमा बबरमहलमा जारी छ।
'म, मेरो देश र मेरो सिर्जना' नाराका साथ आयोजना गरिएको प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला-मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यंग्य चित्र, भावभंगी कला, क्यारिकेचर र डिजिटल विधाका ६ सयभन्दा बढी कलाकारका करिब ७ सय कलाकृति छन्।
तस्बिरहरू: