दिनेश राउतको निर्देशनमा बन्ने फिल्म 'गाउँ नै रमाइलो' मा अभिनेता दयाहाङ राई र आर्यन सिग्देल अनुबन्ध भएका छन्।
बुधबार निर्माण टिमले फिल्म घोषणा गर्दै उनीहरू अनुबन्धित भएको जानकारी दिएको हो। फिल्ममा अन्य कलाकार छनोट गर्न बाँकी रहेको निर्देशक राउतले बताए।
उनका अनुसार यो फिल्म सामाजिक कथामा आधारित हुनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।
क्लक वार्क क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता हिमाल कडरिया हुन्।
यतिबेला निर्देशक राउत आफ्नो आगामी फिल्म 'पुजार सार्की' मा व्यस्त छन्। यो फिल्मको छायांकन सकिएपछि उनले 'गाउँ नै रमाइलो' को काम सुरू गर्नेछन्। यो फिल्म आगामी दसैंमा रिलिज गरिनेछ।
फिल्मलाई नेपालमा आरआर फिल्म्सले र ओभरसिजमा एमएसएस इन्टरटेनमेन्टले वितरण गर्नेछ।
दयाहाङ र आर्यनले यसअघि फिल्म 'मेरो एउटा साथी छ' मा एकसाथ काम गरेका थिए। लामो समयपछि उनीहरूले सहकार्य गर्न लागेका हुन्