अभिनेता विल्सन विक्रम राई फिल्म 'लाउरे एन्ड दाउरे' निर्देशन गर्दैछन्। यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ। बुधबार विल्सन र विजयबीच औपचारिक सम्झौता भएको हो। फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुंगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ।
विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो। कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको कथा विल्सनले नै लेखेका हुन्।
यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले 'लाहुरे एन्ड दाउरे' को निर्माण भने एक्लै गर्नेछ। फिल्मको निर्मातामा सरिना लामा छिन्। फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन्।