बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ड भएका छन्।
सोमबार उनी मुम्बईस्थित कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना भएका थिए। फिल्म सुटिङ गर्ने क्रममा उनलाई गम्भीर चोट लागेको थियो।
उनी सर्जरी गरेर घर फर्किएका छन्। उनले भारतीय सञ्चारमाध्यम जुमसँग कुराकानी गर्दै भनेका छन्, 'फिल्म देवाराको एक्सन सिन गर्दा मेरो पाखुरामा चोट लागेको थियो। लामो समयदेखि पाखुरा दुखिरहेको थियो। तर यो कतिको गम्भीर हो भन्ने थाहा थिएन। ठिक छ भनेर बसें तर बिस्तारै दुखाई बढ्दै गयो।'
सर्जरी गरेपछि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। अस्पतालमा उनकी श्रीमती करीना कपूर खान पनि गएकी थिइन्।
पछिल्लो समय उनी फिल्म 'देवरा पार्ट १' को छायांकनमा व्यस्त छन्। उनी फिल्ममा भहीराको भूमिकामा देखिँदैछन्।