रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइलाः एमए थर्ड क्लास' को छायांकन सकिएको छ। फिल्मको छायांकन ४५ दिनमा सकिएको हो।
असोज १ गतेदेखि ओखलढुंगाको रूम्जाटारबाट पहिलो चरणको छायांकन सुरू गरिएको थियो। दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरू गर्दै ओखलढुंगाको रूम्जाटार पुगेर सकिएको हो।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक बेरोजगारको कथा भन्छ। फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
फिल्मले 'किन चाउरिस मरिच आफ्नै रागले' भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। यो फिल्म आगामी नयाँ वर्षमा रिलिज हुनेछ।