अभिनेता गौरव पहारीले विवाह गरेका छन्।
उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह मुलपानीस्थित नर्लिङ रिसोर्टमा भइरहेको छ। उनीहरूको विवाह समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित छन्।
श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन्। गौरवले ‘मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली, नम्बर सुन, दुई कदम’ लगायत फिल्ममा अभिनय गरेका छन्।
सबै तस्बिरहरू: गौरव पहारीको इन्स्टाग्रामबाट