हास्य टेलिशृंखला 'सक्किगोनी' का टिमले फिल्म बनाउने भएका छन्।
उनीहरू यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन्। टेलिशृंखलाका जिग्री (कुमार कट्टेल), कक्रोज (हरिश निरौला) र काकु (दीपक आचार्य) नौबिसेमा स्क्रिप्ट लेखिरहेका छन्।
'अहिले फिल्मको लेखन कार्य भइरहेको छ। स्क्रिप्ट तयार भएपछि निर्माण टिम फिल्मको आधिकारिक घोषणा गर्ने तयारीमा छन्,' स्राेतले भने।
फिल्ममा 'सक्किगोनी' का टिम र कथाको माग अनुसार अन्य कलाकारको अभिनय रहने बताइएको छ।
'सक्किगोनी' लाई अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले लेखन तथा निर्देशन गर्दै आएका छन्। यस टेलिशृंखलालाई दर्शकले खुब रूचाइरहेका छन्।
टेलिशृंखलामा गाउँघरको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिन्छ।