उपेन्द्र सुब्बा निर्देशित फिल्म 'मनसरा' को छायांकन सकिएको छ। फिल्मको ३० दिनमै छायांकन सकिएको हो।
पुस २१ गतेदेखि फिल्मको ललितपुर, काठमाडौं र पाँचथरमा छायांकन गरिएको थियो। पाँचथरमा फिल्मका अभिनेता दयाहाङ राई र मिरूना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो। फिल्ममा मिरूना 'मनसरा' पात्रको भूमिकामा देखिनेछिन्।
फिल्ममा मिरूना र दयाहाङसँगै प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायत कलकारको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन्। यस्तै विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्।
कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मनाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ।
सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ भने क्युएफएक्स थिएटर पार्टनर रहेको छ भने जिटु वान डिजिटल पार्टनर बनेको छ।
यो फिल्म वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ।