विपीन कार्कीको अभिनय रहने फिल्म 'तेल भिसा' मा कलाकार खोजी गरिएको छ।
सोमबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै अडिसन आह्वान गरेका हुन्। फिल्म चैतको दोस्रो सातादेखि छायांकनमा जाने बताइएको छ।
शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्ममा विपीनसँगै गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा मुख्य कलाकारको लाइन अप सकिएपनि अमेरिकाको लागि विभिन्न भूमिकामा अडिसन आह्वान गरिएको हो। यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन, अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक फरक वर्ण देखिने नेपाली र विदेशी मूलका महिला पुरुष दुवैले अडिसनमा सहभागिता जनाउन सक्नेछन्।
अडिसनमा सहभागिता हुन अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्नेछ जसले कलाकारितासँगै अमेरिकाको रहन सहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्नेछ।
अडिसनमा सहभागिता जनाउन इच्छुक व्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन कृएशनको इमेलमा फोटोसहित बायोडाटा पठाउनु पर्नेछ।
सेभेन सिज इन्टरटेनमेन्टसँग शंकर घिमिरेको वेल डन कृएशनले साझेदारी गर्दै निर्माण गर्न लागेको तेल भिसाको ७० प्रतिशत छायांकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुनेछ।