दिपेन्द्र के खनालको निर्देशन रहने फिल्म 'मेयर' को शुभ साइत गरिएको छ।
बुधबार दरबारमार्गस्थित चतुर्भज नारायणस्थान मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो। सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित रही फिल्म निर्माण गर्न लागिएको हो। थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्नेछन्।
फिल्ममा खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रविन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन विसीलगायत कलाकारको अभिनय रहनेछ।
यसै फिल्मबाट निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल निर्माताको रूपमा डेब्यू गर्दैछिन्। फिल्ममा उनीसँगै शर्मिला पाण्डे निर्माता रहेकी छन्।
यो फिल्म फागुन १२ गतेदेखि छायांकनमा जानेछ। फिल्मलाई कृष्ण थापाले छायांकन गर्नेछन्।