हास्य टेलिशृंखला 'सक्किगोनी' का टिमले फिल्म बनाउने भएका छन्।
बुधबार प्रेम दिवसको अवसर पारेर निर्माण टिमले फिल्मको नाम सार्वजनिक गरेका हुन्। फिल्मको नाम 'लाज शरणम्' राखिएको छ।
उनीहरूले फिल्मको नाम सार्वजनिक गरेपनि कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेका छैनन्।
उनीहरू यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन्। टेलिशृंखलाका जिग्री (कुमार कट्टेल), कक्रोज (हरिश निरौला) र काकु (दीपक आचार्य) स्क्रिप्ट लेखिरहेका छन्।
फिल्ममा 'सक्किगोनी' का टिम र कथाको माग अनुसार अन्य कलाकारको अभिनय रहने बताइएको छ।
'सक्किगोनी' लाई अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले लेखन तथा निर्देशन गर्दै आएका छन्। यस टेलिशृंखलालाई दर्शकले खुब रूचाइरहेका छन्।