नेपाली सर्ट फिल्म 'अ डिस्ट्रयाक्सन' अमेरिकाको स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलको क्वाटरफाइनलमा पुगेको छ।
९ मिनेट ४५ सेकेन्ड लामो फिल्मलाई प्रमोद त्रिमूलले निर्देशन गरेका छन्। फिल्मको कथा ओमराज राउतले लेखेका हुन्।
फिल्मले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरेका छन्।
फिल्मलाई जुहान कामिलो मोरेनोले खिचेका हुन्। उनले खिचेको 'ला खाउरिया' सन् २०२२ को कान फिल्म फेस्टिवलमा छनोट हुनुका साथै कान क्रिटिक्स विकमा ४ वटा पुरस्कार जितेको थियो। यस्तै बबी लाहोत यसका साउन्ड डिजाइनर हुन्।
स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलले सकारात्मक परिवर्तन ल्याउनले आपसी महत्वपुर्ण संवादको पक्षपोषण गर्ने फिल्महरूलाई स्थान दिइने बताइएको छ।