घनश्याम लामिछाने निर्देशित फिल्म 'लन्डन टु पेरिस' को छायांकन सकिएको छ।
निर्देशक लामिछानेका अनुसार फिल्मको एउटा गीत र केही दृश्य खिच्न बाँकी थियो। छायांकन सकिएपछि यतिबेला मुम्बईमा फिल्मको सम्पादन भइरहेको छ।
फिल्मको छायांकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्का भारतबाट नेपाल फर्किसकेका छन्। फिल्ममा साम्राज्ञी र निश्चलसँगै गरिमा शर्मा र कबीर खड्काको पनि अभिनय छ।
ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायतमा गरिएको छ। निश्चल र गरिमा यही फिल्मबाट डेब्यू गर्दैछन्।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्ममा सह-निर्मातामा अजित सिंह छन्।