निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छन्।
उनले अभिनेत्री एलिजा गौतम र निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन्।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छन्।
यो फिल्म आगाम वैशाखदेखि छायांकनमा जाने निर्माण टिमले बताएका छन्। लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ।
'अनुराग' बाट फिल्ममा डेब्यू गरेकी एलिजाले त्यस यता म्यूजिक भिडिओमा काम गर्दै आइरहेकी छन्। उनको यो दोस्रो फिल्म हुनेछ।
निश्चलले 'लण्डन टु पेरिस' बाट फिल्ममा डेब्यू गरेका हुन्। यो फिल्म प्रदर्शनको तयारीमा छ।
समुद्रले निर्देशन गरेको 'गून्यो चोलो' प्रदर्शनको पर्खाइमा रहेको छ।