राजबहादुर साने निर्देशित फिल्म 'सिटामोल' को छायांकन सकिएको छ।
निर्देशक सानेका अनुसार काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको हो। फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको थियो।
तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल र बेनिशा हमाललाई श्रीमान-श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। फिल्ममा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।
फिल्म कथा निर्देशक सानेले लेखेका हुन्। बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका छन्। फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार विक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्।