अभिनेता नाजिर हुसेन र सृष्टी श्रेष्ठलाई लिएर फिल्म 'केटी हराएको सूचना' बन्ने भएको छ।
सोमबार स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। यस फिल्ममा नाजिर र सृष्टीले पहिलो पटक एकसाथ काम गर्ने लागेका हुन्।
ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने छ। गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए।
यो फिल्म बिहीबारदेखि छायांकनमा जानेछ। काठमाडौं र जनकपुरमा छायांकन गरिने फिल्मलाई अम्बर महर्जनले खिच्नेछन्।
यस फिल्ममा नकिम उद्दिमको लगानी रहने छ।