राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म 'काँडेतार' को प्रिमियर सम्पन्न भएको छ।
मंगलबार साँझ विश्वज्योती हलमा आयोजित फिल्मको प्रिमियर शोमा नेपाली फिल्म क्षेत्रका हस्तीहरू तथा राजनीतिक दलका नेताहरूको उपस्थिति थियो।
एकीकृत समाजवादीका नेता झलना खनाल पनि फिल्मको प्रिमियर शो हेर्न पुगेका थिए।
शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ। साथै नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ।
नवल खड्काको निर्देशनमा तयार भएको फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बालकलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन्।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन्। मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ को छायांकन सौरभ लामाले गरेका हुन्। फिल्मलाई बन्देप्रसाद र तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन्। नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन्।